इटहरी / इटहरी ६ पश्चिम लाईन यमाहा शोरुमको पूर्व तर्फ सुरू जुत्ता-चप्पल महोत्सवमा उद्घाटन बिनै बिक्रीवितरण गरिएको छ ।

महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव गर्न नदिने अडान इटहरी उद्योग वाणिज्य संघले राखेपछि शुक्रबार हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको महोत्सव स्थानीय व्यापारीले विरोध जनाएपछि स्थगित भएको आयोजक समिति अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए । 

शुक्रबार दिउँसो उद्योग वाणिज्य संघ इटहरीको भवनमा भएको छलफलमा महोत्सव कुनै पनि हालतमा गर्न नदिने अडान स्थानीय व्यापारीले राखेको घिमिरेले जानकारी दिए । यही अडानको आडमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले महोत्सव स्थगित गर्न आग्रह गरेको घमिरेले बताए । 

प्रथम जुत्ता चप्पल महोत्सव आयोजक समितिका अनुसार कर कार्यालयबाट अस्थायी पान लिएर कानुन सम्मत रूपमा व्यवसाय सञ्चालन गरिएको हो ।

इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरिएको कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । कानुनले अनुमति दिएका सम्पूर्ण बस्तुको प्रक्रिया पुर्‍याएर बेच्न पाइने भएकाले सोही अनुसार गरिएको उनको भनाइ छ ।

सस्तो मूल्यमा नेपाली ब्रान्डका जुत्ता चप्पल पाउने भएपछि ग्राहकको आकर्षण बढेको हो । नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदेश्यले आयोजना गरिएको समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका नि वर्तमान अध्यक्ष घिमिरेले बताए ।

मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहेकाले   मेला अवधि भर विषेश छुटको व्यवस्था गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।

विहान ९ वजे देखि बेलुकी ७ वजे सम्म खुल्ला रहने,मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रवेश निःशुल्क रहेको छ ।