इटहरी : कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक सुरू भएको छ ।

बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकता दिन साथ  इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ ।

इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेडुङ्गा  सावित हुने प्रतिवद्दता रहेको मन्त्री कार्कीले बताए ।

सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने र इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने व्यवस्था रहेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताए ।

क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गरी सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले आयोजना गरिएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनमा जानका लागि सर्वसाधारणका लागि  ५० रूपैयाँ र विद्यार्थीका लागि रू. २५ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निशुल्क प्रवेश व्यवस्था रहेको क्यान महासंघका केन्द्रीय अध्यक्ष रंजित पोदारले जानकारी दिए ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य , महासंघका सचिव शम्भु धमला ,टाइटल स्पोन्सर प्रबन्ध निर्देशक प्रमोद अधिकारी , क्यान महासंघ कोशी प्रदेशका निबर्तमान अध्यक्ष कमल तिम्सिना ,क्यान महासंघ महासचिव चिरञ्जीवी अधिकारी ,कार्यक्रममा इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेल  , क्यान महासंघका प्रतिनिधि , क्यान सुनसरीका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि ,राजनीति दलका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240222_144842