काठमाडौं / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल–चाइना कल्चर सब्मिट एण्ड अर्वाड सेरोमोनीमा सहभागी भएका छन् । उक्त कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग पनि सँगै थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कल्चर एकै दिनमा नबन्ने र भाषा, संस्कृतिको निर्माणका लागि समय लाग्ने बताएका छन् । सदिऔंको विकासक्रमबाट मात्रै भाषा र संस्कृतिको विकास हुने उनको भनाइ थियो ।

संस्कृतिले समाजको ऐनाको रुपमा काम गर्ने उनको भनाइ थियो । नेपालस्थित चिनियाँ राजदूतावासले कार्यक्रम आयोजना गरेर एकदमै राम्रो काम गरेको भन्दै अध्यक्ष ओलीले प्रशंसा गरे । यस्ता कार्यक्रमहरुले छिमेकी देशबीचको सम्बन्धलाई अझ मदबुद बनाउने उनले विश्वास व्यक्त गरे ।