इटहरी / इटहरी यहीँ फागुन ११ गतेदेखि चैत १५ गतेसम्म प्रथम जुत्ता चप्पल महोत्सव हुने भएको छ ।

इटहरीमा एक पत्रकार सम्मेलन गर्दै श्री शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि काठमाडौंको आयोजनामा यहीँ फागुन ११ गतेदेखि चैत १५ गतेसम्म इटहरीमा प्रथम जुत्ता चप्पल महोत्सव हुने जानकारी दिएको छ ।

"नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने, उपभोक्ताहरुको बीचमा पुत्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराइ स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका नि वर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए ।

व्यापार मेलामा नयाँ नयाँ डिजाईनका जुत्ता बप्पल आकर्षक मुल्यमा उपलब्ध हुने , नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी लगाएत ५ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहने, मेलामा ३ हजार भन्दा बढि मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहने , मेला अवधि भर विषेश छुटको व्यवस्था गरिने,  विहान ९ वजे देखि बेलुकी ७ वजे सम्म खुल्ला रहने,,मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको  मेला संयोजक उपाध्यायले बताए ।

प्रवेश निःशुल्क रहेको छ । नेपालमा १० वटा सहरका सम्म महोत्सव लगाउने आयोजनाको योजना रहेको छ । मेलाले स्थानीय व्यक्तिलाई सहज हुने जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले बताए ।