सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो।

गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए। सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।

उहाँले भने“माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेेको बताए ।