मोरङ  / मोरङको केराबारी गाउँपालिका-९ स्थितबाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 फाल्गुन ३ गते बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको MADE IN ITALI लेखेको अटो पेस्तोल १ थान,  MADE IN CHINA लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियार सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भईहरेको छ ।