इटहरी/ कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ। फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा बिदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ। 

क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बिज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक इन्फोटेक गर्न लागेको जानकारी दिनुभएको छ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, बिज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका बिभिन्न ठाउँमा इन्फोटेक गर्ने गरेको छ। जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने गरेको छ। 

इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै बिभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उहाँले जानकारी दिनुभएको छ। इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ। जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ ।

साथै सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा बिद्यार्थीहरुले करिअर बारे समेत जानकारी लिन सक्ने अध्यक्ष राईले जानकारी दिनुभयो।