इटहरी/ कोसी प्रदेशको केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम शुरु भएको हो । 

मंगलबार इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ। 

शिलान्यास कार्यक्रममा उप–प्रमुख संगिता चौधरी, इटहरी ९का वडाध्यक्ष जितेन थापा, उपमहानगरका प्रवक्ता दिवस पोखरेललगायतको उपस्थित थियो।

mayar

श्री अर्थ/हाम्रो/श्रीमान हेटौंडा–६,मकवानपुरले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माण शुरु गरेको हो।

इटहरी उपमहानगरपालिकाले नगर बिकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो। झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएको कारण नमुना बसपार्क निर्माणको काम शुरु भएको पौडेलको भनाई छ।

upa meyar

अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उप–महानगरपालिकाकै अगुवाईंमा सवारी साधन हटाएपछि प्रायः यात्रुबाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उप–महानगरपालिकाले महत्वपूर्ण योजना अघि सारेर द्रुत गतिमा काम शुरु गरेको मेयर पौडेलको भनाई छ।

wada 9

बसपार्क निर्माणमा नगर बिकास कोष काठमाण्डौले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ। उप–महानगरपालिका इञ्जिनियर जीवन घिमिरेले एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ।

१८ महिनाभित्र बस पार्क पूरा हुनेछ। ५० वटा बस अट्ने क्षमताको हुने उप–महानगरपालिका कार्यालयले जनाएको छ। बसपार्कमा ढल व्यवस्थापन र ड्रेनसहितको सुविधा हुनेछ। अव बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुने इटहरीका मेयर पौडेलले बताउनुभयो।

bus paark

इटहरी कोसी प्रदेशकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद–बिक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाण्डौपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भईरहेका छन् तर, व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्या छ।