केराबारी/ मोरङ्गको केराबारीमा साताब्यापी योग शिबिर शुरु भएको छ। केराबारी गाउँपालिकाको आयोजना तथा जेष्ठ नागरिक संरक्षक समिति केराबारीको सह–आयोजनामा मच्छिन्द्र माबिमा शुक्रबार योग शिबिर शुरु भएको हो।

sibir 1

शुक्रबार शुरु भएको सप्ताहव्यापी योग शिविरको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले उद्घाटन गर्नभयो। जीवन बिज्ञान प्रतिष्ठानका संस्थापक योग गुरु एल.पि.भानु शर्माको प्रमुख आतिथ्यता कार्यक्रम शुरु भएको केराबारी गाउँपालिकाका सुचना अधिकृत सुबास सुबेदीले बताउनुभयो।

sibir 3

योग शिविर हिजो शुक्रबार शुरु भएको योग शिबिर माघ १९गते शुक्रबार सम्म बिहान ५ बजेदेखि डेढ घण्टा (६ः३० बजे) सम्म सञ्चालन हुने सुचना अधिकृत सुबास सुबेदीले बताउनुभयो।

sibir 2

योग शिबिर उद्घाटन कार्यक्रममा बिशिष्ट आतिथिको रुपमा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ हुनुहुन्थ्यो।