काठमाडौं । अमेरिकाको आयोवा राज्यको एक हाईस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनामाथि गोली प्रहार गरेका हुन् । गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए । प्रहरीका अनुसार गोली चलाउने विद्यार्थी १७ वर्षीय डेलोन बटलर हुन् । गोली हान्ने क्रममा उनले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेको थिए ।