काठमाडौँ महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ। 

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार नगरभित्रका विद्यालयका नाममा परिपत्र पठाउँदै विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।  

हेर्नुहोस् परिपत्र