इटहरी/ कोसी प्रदेशको इटहरीलाई बिश्वभर चिनाउने लक्षसहित लेखिएको ‘इटहरीको बजारमा’ बोलको गित सार्वजनिक गरिएको छ। हाम्रो चिनारी नामक युट्युव च्यानलबाट गित सार्वजनिक गरिएको हो। 

पर्शुराम मल्ल नेपालीको स्वर, शब्द,र संगीत रहेको गितलाई प्रकाश अधिकारीले एरेन्ज गर्नुभएको छ। इटहरीको स्ट्रिङ रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको छ।

‘इटहरीको बजारमा’ नामको गितको म्युजिक भिडियोमा पर्शुराम आँफै र इन्दिरा रनपालले अभिनय गर्नुभएको छ। म्युजिक भिडियोलाई दिपक बरालले निर्देशन गर्नुभएको छ। यस्तै भिडियोमा सन्दिप मोतेले सह–निर्देशन गर्नुभएको छ। भिडियोलाई परिधी फोटोग्राफी इटहरीले छायांकन गरेको हो।

सानैदेखि गित संगितमा रुचि राख्ने नेपाली खोटाङको बुईपामा जन्मिएर खोटाङ्गकै चम्पावती माध्यामिक बिद्यालय प्रारम्भिक शिक्षा हासिल गर्नुभएको छ। यस्तै नेपालीले महेन्द्ररत्न क्याम्पस ताहचाल काठमाण्डौबाट उच्च शिक्षा हासिल गर्नुभएको छ।

हाल इटहरी १६ बालग्राम चोकमा बसोबास गरिरहनुभएका नेपालीले हालसम्म आधादर्जन गित गाईसक्नुभएको छ।

हेर्नुहोस भिडियो :