इलाम । इलामको कन्याम घुमेर फर्किने क्रममा आइतबार बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको छ ।
जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा बालकको मृत्यु भएको बताए ।
बसमा सवार ३६ जनामध्ये केही गम्भीर रहेको जनाइएको छ । बसमा सवार सबै यात्रु धारापानीकै रहेका छन् । घाइतेहरूमा एक जना प्रहरी हवल्दार पनि छन् । दुर्घटनामा १६ बालबालिका घाइते भएका छन् । २ वर्षीया नाबालिका पनि घाइते छिन् । घाइतेहरूको अहिले झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यी हुन् दुर्घटनाका घइतेहरू :
१) जिल्ला धनुषा धानुषाधाम न.पा.–९ धारापानी बस्ने वर्ष २० की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)
२) ऐ ऐ बस्ने वर्ष ११ की समिक्षा मोक्तान (सामान्य)
३) ऐ ऐ बस्ने वर्ष १२ को शेखर मोक्तान (सामान्य)
४) ऐ ऐ बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५) ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा (सामान्य)
६) ऐ ऐ बस्ने वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७) ऐ ऐ बस्ने वर्ष ९ की रिजा लामा (सामान्य)
८) ऐ ऐ बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
९) ऐ ऐ बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०) ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
११) ऐ ऐ बस्ने वर्ष ४० की सुन माया लामा (सामान्य)
१२) ऐ ऐ बस्ने वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३) ऐ ऐ बस्ने वर्ष १३ को सौगात लामा (सामान्य)
१४) ऐ ऐ बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
१५) ऐ ऐ बस्ने वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
१६) ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७) ऐ ऐ बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८) ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९) ऐ ऐ बस्ने वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
२०) ऐ ऐ बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१) ऐ ऐ बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
२२) ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)
२३) ऐ ऐ बस्ने वर्ष ३५ की मनवति लामा (सामान्य)
२४) ऐ ऐ बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५) ऐ ऐ बस्ने वर्ष १८ की प्रतिक्षा लामा (सामान्य)
२६) ऐ ऐ बस्ने वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
२७) ऐ ऐ बस्ने वर्ष ४० को बिर बहादुर मोक्तान (प्रहरी हवल्दार, सामान्य)
२८) ऐ ऐ बस्ने वर्ष १५ को करण मोक्तान (सामान्य)
२९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)
३०) ऐ ऐ बस्ने वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
३१) ऐ ऐ बस्ने वर्ष ३५ को अनिल परियार (सामान्य)
३२) ऐ ऐ बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३) ऐ ऐ बस्ने वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
३४) ऐ ऐ बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५) ऐ ऐ बस्ने वर्ष १६ की समिक्षा लामा (सामान्य)