इटहरी । टिभिएस बाइकको एक्स्चेन्ज मेला कार्तिक १९ देखि २५ गतेसम्म सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्समा लागेको हो ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ ।२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ । यस्तै, विराटनगरमा पनि केशरी चन्द भवरलाल सोरुम पीपल चौकमा मेला सुरु भएको छ ।