इटहरी/ इटहरी आर्ट एण्ड फाउन्डेसनले गरेको सञ्चालन गरेको मिस स्कुलको उपाधि श्रेया श्रेष्ठले उचालेकी छन्। शनिबार इटहरीस्थित प्रिमियर ग्लोबल स्कुलको हलमा भएको ग्राण्ड फिनालेमा श्रेष्ठले उपाधि उचालेकी हुन्।

इटहरीस्थित सुष्मा सेकेण्डरी स्कुलमा अध्ययनरत श्रेष्ठले उपाधी उचाल्दा, बेबिलोन सेकेण्डरी स्कुलकी श्रेया राई(पुन्यका) र बिश्व आदर्श स्कुलकी इशानी खड्का क्रमश फस्ट रनर अप र सेकेण्ड रनरअप भए। all

बिशेषत बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस स्कुल २०८० बिजेताले १ बर्ष, ६ महिना र तीन महिना गरी इटहरीका सम्पूर्ण बिद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाउन पाउने आयोजक संस्थाका सञ्चालक एवं कार्यक्रम संयोजक तुलसी घिमिरेले बताएका छन्।

१२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दिनसम्म किशोरी अवस्थामा आई पर्ने महिनावारी सम्बन्धि सम्पुर्ण समस्याहरूको बारेमा डा.मुन्जल यादवले तालिम प्रदान गरेकी थिइन भन्ने मानसिक रोग सम्बन्धी डा. हेमन्त प्रधानले तालिम प्रदान गर्नुभएको थियो।

यस्तै डिजिटल साइबर सेफ एण्ड सेक्युरिटी सम्बन्धि तालिम इलाका प्रहरी कार्यालय इटहरीले प्रदान गरेको थियो। २३दिन भित्र १२देखि १६बर्षका किशोरीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने सिलाई बुनाई, पाक शिक्षा र श्रृंगार सम्बन्धि तालिम दिई दक्ष बन्न अभिप्रेरित गरिएको आयोजकले जनाएको छ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम बिराटनगरका शुसिल स्वेच्छाले गरेका र उनलाई सेबिका कोइरालाले सहयोग गरेकी थिएन्।

कार्यक्रमको मुल्यांकन भने रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बुले गरेको कार्यक्रममा बिश्व आदर्श स्कुलका प्रिन्सिपल गणेश दुलाल, डिभिएम स्कुलका प्रिन्सिपल डा.बेणु सिटौला, भाईस प्रिन्सिपल नारायण सुबेदी, लूक्मी कस्मेटिकका सञ्चालक खगेन्द्र बिमली, उत्तम पराजुली लगायतको उपस्थिती थियो।

इटहरीमा लामो समय सम्म जापानिज भाषाका लागि स्पेशल रहेको डाँफे एजुकेसन फाउन्डेसनका प्रवन्धक दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा इटहरीको ड्रिम्स फोटोग्राफी रहेको थियो। कार्यक्रममा लोकदोहोरी गायिका गंगा गौतम र माया घरकी सञ्चालिका सुभद्रा प्याकुरेललाई सम्मान गरिएको थियो।