इटहरी/ पछिल्लो समयमा नरबहादुर कर्माचार्य पोलिटेक्निक कलेज बिद्यार्थीको रोजाईमा पर्न थालेको छ। एसईईपछिको प्राबिधिक शिक्षाका लागि सिटिइभिटिबाट सम्बन्धन प्राप्त यस कलेजमा बिद्यार्थीको आर्कषण बढेको हो।

यस कलेजमा होटल म्यानेजमेन्ट कोर्ष अन्यत्र भन्दा प्रभावकारी रहेका कारण होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने बिद्यार्थीको आर्कषणको केन्द्र बनेको हो।

कोसी प्रदेशमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले सञ्चालन गरेको बहुप्राविधिक बिद्यालयमा मात्रै सञ्चालन भइरहेको सिटिइभिटिको होटल म्यानेजमेन्ट कोर्षमा बिद्यार्थी आकर्षित भएका हुन्।

अध्ययनसँगै प्रयोगात्मक शिक्षा र त्यो पनि कोर्ष पुरा हुनासाथ प्राविधिकको रुपमा निस्कन पाउने भएपछि बिद्यार्थीको ध्यान यता तर्फ खिचिएको हो।

इटहरी ९ हस्पिटललाईनमा रहेको यस कलेजमा होटल म्यानेजमेन्टका अलावा बालिबिज्ञान र सिभिल इन्जिनियरिङ्ग समेत अध्यापन गराईने कलेज ब्यवस्थापनले जनाएको छ।

यस कलेजमा होटल म्यानेजमेन्टको ३ बर्षे डिप्लोमा अध्ययन गर्दै रहेकी इटहरीका दिक्षा दाहालले कलेजमा गुणस्तरीय शिक्षा त छँदैछ सिकाईका लागि योग्य वातावरण समेत उपलव्ध रहेको बताउँछिन। तीन बर्षे डिप्लोको पहिलो सेमेस्टरमा नेपाल प्रथम बनेकी दिक्षा एसईई सकेर बसेका बिद्यार्थीलाई होटल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य पोलिटेक्निक कलेज नै रोज्न सुझाव दिन्छिन्। TWO

सिटिइभिटीबाट होटल म्यानेजमेन्ट पढ्दा त्यहिसँग सान्दर्भिक विषय पढ्नुपर्ने तर अहिले बिभिन्न निजी कलेजहरुले बढाउने होटल म्यानेजमेन्ट भनेको विद्यार्थी आकर्षित गर्न व्यवस्थापनमै एक बिषयमात्र होटल म्यानेजमेन्ट पढाई हुने कर्माचार्यका होटल म्यानेजमेन्ट तर्फका फ्याकल्टि इञ्चार्ज शम्भु माझीको भनाई छ।

नरबहादुर कर्माचार्य प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बरालले अन्य कलेजहरुले लिने भन्दा कम शुल्कमै पढाइने र ३ बर्ष अध्ययन गरेपछि रोजगार समेत पाउने भएपछि सिटिइभिटीको होटल म्यानेजमेन्ट अरु भन्दा उपयोगी सावित भएको बताउँछन्।

कोसी प्रदेशमा झापा र इटहरीमा रहेको प्रतिष्ठानका बहु प्राविधिक विद्यालयले प्रविधि तर्फ होटल म्यानेजमेन्ट, बालिविज्ञान र सिभिल इञ्जिनियरिङ्ग पढाइरहेका छन् भने अव यो बर्षदेखि फार्मेसी समेत थप्न लागिएको नरबहादुर कर्माचार्य प्रतिष्ठान इटहरीका सचिव बहादुरसिंह तामाङ्ग(ज्वाला)को भनाई छ।

कलेजको रसायनशास्त्रका प्राध्यापक रुपेश कुमार मिश्रले प्रविधिमैत्री शिक्षाबाट सहजै रोजगारी पाउने भएकाले सर्टिफिकेट मात्रै कमाउने शिक्षा भन्दा जीवन उपयोगी शिक्षा लिनुपर्ने बताउछन्। one NBK

यस्तै उप प्राचार्य दर्पण गुरागाँईले कलेज एक नाफा नकमाउने संस्था भएकाले पनि उत्कृष्ट शिक्षा दिनमा कन्जुस्याइँ नगरिएको दावी गर्छन।

भिडियो :-