विजुलीको पोलमा ‘हुकिङ’ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ १२, २०८०

राजविराज । राजविराजस्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलको लापरबाहीका कारण शुक्रबार बिहान करेन्ट लागेर एक विद्यार्थीको ज्यान गएको छ ।

विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको क्रममा विद्युत्को पोलमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर कक्षा १० मा अध्ययनरत पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रममा स्पिकर बजाउनका लागि विद्यार्थी पेशलानन्दलाई बिजुलीको पोलमा हुकिङ गर्न लगाएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । विद्यालयका सञ्चालक नरेशप्रताप साहले लापरबाही स्वीकार गरेका छन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved