ब्यक्तिगत रुपमै भए पनि बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्नेछु: निलम खनाल

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख ३०, २०८०

शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । 

346105837_224638016973876_3154466935525071329_n

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।

346113265_1405491130293124_2539106456456471571_n

कार्यक्रममा बराहक्षेत्रका सयौं शिक्षक र संगठनका जिल्ला स्तरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नव नियुक्त हुने शिक्षकहरुले बराहक्षेत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन निकै नै सक्रिय रहेको र आफुहरु पनि यसै संगठनको सदस्यता लिन आतुर रहेको साथै संगठन नै पहिलो रोजाइ भएको बताएका छन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved