१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि : सुन्दरहरैंचा धेरै जनसंख्या भएकाे दाेश्राे ठुलाे शहर

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र १३, २०७९

विराटनगर । राष्ट्रिय जनगणना २०७८ का अनुसार मोरङका १० वर्षको अवधिमा १.६६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । २०७८ को तथ्यांक अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ । जसमा ५ लाख ५७ हजार ५१२ पुरुष र ५ लाख ९० हजार ६४४ महिला रहेका छन् ।

२०६८ सालको जनगणना अनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३७० रहेको थियो । पछिल्लो १० वर्षमा १ लाख ८२ हजार ७८५ जनसंख्या वृद्धि भएको हो ।

तथ्यांक अनुसार विराटनगर महानगरपालिकामा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै र मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ । विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९२७ र मिक्लाजुङको ३३ हजार १६७ रहेको छ । विराटनगरपछि सबैभन्दा बढी सुन्दरहरैँचा नगरपालिकाको जनसंख्या १ लाख २० हजार २१३ रहेको छ । यस्तै बेलबारीमा ८१ हजार ७७१, लेटाङमा ३८ हजार १५२, पथरीमा ७२ हजार ४५१, रंगेलीमा ५७ हजार ४९४, रतुवामाईमा ६१ हजार १३९, उर्लाबारीमा ७० हजार ९०८ र सुनवर्षीमा ५६ हजार ३४ जनसंख्या रहेको छ ।

त्यसैगरी धनपालथान गाउँपालिकामा ४५ हजार ३४८, ग्रामथानमा ३६ हजार २४, जहदामा ४७ हजार ६३९, बुढिगंगामा ५१ हजार ४९७, कानेपोखरीमा ४३ हजार १९३, कटहरीमा ४८ हजार ५१० र केराबारीमा ३४ हनार ५०४ जनसंख्या छ । यस्तै संस्थागततर्फ मोरङको जनसंख्या ६ हजार १८५ रहेको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved