सुनसरी/ सुनसरीको दुहवीमा बुध्दिराम चौलागाँईले फष्ट इन्निङ्समै मोटरसाईकल चोर समातेका छन्। दुहवी प्रहरीको कमाण्ड सम्हालेको एकसाता नपुग्दै चौलागाँईले बाईक चोर समातेका हुन्।

सुनसरीको इटहरीमा एक कार्यकाल काम गरेर कोसी प्रदेशकै उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारको सफल नेतृत्व गरेर नेपाल प्रहरी तालिम केन्द्र भरतपुरमा काम गरेर पुनः सुनसरी आईपुगेका छन् इप्रका दुहवीको कमाण्ड सम्हाल्न । चौलागाँईले कमाण्ड सम्हालेका बिभिन्न एरियामा सफल कमाण्डरको भुमिका निर्वाह गर्दै उनले नेपाल प्रहरीको साख मजबुद बनाएका छन्।

चौलागाईले सुनसरीको दुहवी आईपुगेको एक साता नहुँदै दुहबी नगरपालिकाको १ र २नम्बरबाट चोरी भएका दुईवटा मोटरसाईकलसहित दुईजनालाई समातेर फष्ट इनिङ्समै सफल इन्ट्रि मारेका छन्।

प्रहरी निरिक्षक चौलागाँईको नेतृत्वले दुहबी नगरपालिका २ का ३५बर्षीय सूर्य नारायण चौधरी र सुन्दरहरैँचा नगरपालिका ३ २७ बर्षीय अमन सरदारलाई चोरीको मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो।

बुधबार राती बिशेष सुचनाको आधारमा प्रहरीले प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाईकलसहित चौधरी र सरदारलाई पक्रेको हो।

चोरीको मोटरसाईकलसहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।