कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ ।नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।कीर्तिमानी जित निकाल्ने क्रममा नेपालले एक दिवसीय खेलमा पहिलो सर्वाधिक विशाल योगफल भेट्टाएको हो। यसअघि नेपालले सन् २०१९ मा एक दिवसीय सिरिजमा युएईविरुद्ध २ सय ५५ रनको विशाल योगफल भेट्टाएको हो।

नेपालले कीर्तिमानी जित निकाल्ने क्रममा कुशल मल्लले १ सय १५ रनको सर्वाधिक योगदान दिए। कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्का हाने।आफ्नो आडिआइ करियरको पहिलो शतक प्रहार गरेका कुशल नेपालका लागि शतक प्रहार गर्ने पहिलो ओपनर समेत हुन्। राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा शतक प्रहार गर्ने कुशल चौथो खेलाडी हुन्।

ओडिआइ र एक दिवसीय दुवैमा शतक हान्ने कुशल तेस्रो खेलाडी हुन्। यसअघि पुर्वकप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरिले दुवै फर्म्याटमा शतक हानेका थिए।तेस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले १ सय ३३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए।जुन साझेदारी नेपालका लागि सर्वाधिक उच्च साझेदारी हो। ३३ ओभरमा १ सय ८६ रन बनाउने क्रममा रोहित र कुशलले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्।

यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरि र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए।कप्तान रोहित पौडेलल ७२ रनको महत्वपुर्ण योगदान दिदैँ पवेलियन फर्के। ७६ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का मद्धतमा ७२ रन बनाए।ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरि ७, कुशल मल्लले ६ रन थपे। आशिफ शेख शुन्य रनमा आउट भए।

करण केसी २० र सोमपाल कामी ४ रनमा नटआउट रहे। करणले १२ बलमा १ चौका र २ छक्का हो। सोमपालले आफ्नो पहिलो बलमा चौका प्रहार गरे।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।

नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए। सन्दीप लामिछानेले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रह्यो।नामिबियाका माइकल १ सय ३३ रनको सर्वाधिक योगदान दिएका थिए। लामो सट खेल्ने धुनमा रहेका माइकल करणको बलमा दिपेन्द्र सिंह ऐरिबाट क्याच आउट हुन पुगे। १ सय ३७ बलको सामना गरेका माइकलले ९ चौका र ५ छक्का हाने।

आफ्नो करियरको तेस्रो शतक प्रहार गर्ने क्रममा माइकलले नेपालविरुद्ध लगातार दोस्रो शतक हानेका हुन्।तेस्रो विकेटका लागि माइकल भान लिन्गेन र कप्तान जिहार्ड इरास्मस १ सय २४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको थियो।कप्तान इरास्मस ५६ रनमा पवेलियन फर्के। कार्ल ब्रिकेनस्टोक १३ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। जान फ्राइलिंक १३ रन बनाउँदा करण केसीको बलमा बोल्ड आउट भए। जान निकोन ८ रनमा आउट भए।