नेपाली राजनीतिको पछिल्लो परिस्थितिमा दलगत भन्दा बैचारिक तर्कहरु छरपष्टिएका छन्। एमसिसी सहि कि गलत? एमसिसी भित्य्राउने प्रक्रिया सहि कि गलत थियो? कार्यान्वयनको तहमा हाम्रो आत्मसम्मान र राष्ट्रियतामा चोट पर्छ कि पर्दैन? भन्ने बिषयमा यत्रतत्र चर्चा र बहस चलेको छ। कसले आवेदन गर्यो ?, सम्झौता गर्यो ? प्रक्रियामाको कसरी सहभागी छन् ? जनता जानकार छन् । भबिष्य के हुन्छ त्यो भबिष्यले जान्दछ । एउटा तर्कले भन्यो, सहयोग ग्रहण गरौं, सदुपयोग गरौं र बिकास गरौं। अर्को तर्कले भन्यो, अव सहयोग मागेर गुजारा चल्दैन, अझ यो सहयोगले हाम्रो स्वाभिमान र राष्ट्रियतामा आच पुर्‍याउँछ। ग्रहण नगरौं या सुधारेर ग्रहण गरौँ। यी कुरा हुँदै गर्दा आज नेकपा एस र नेकपा माओवादीका नेता नेतृत्वको घृणित व्यबहारले नेता कार्यकर्तामा नैतिक संकटसँगै नैराश्यता पैदा भएको प्रष्ट छ।

खासगरी नेकपा (एस) पार्टी स्वार्थलिप्त नेता र उनका केहि बिश्वास, केही स्वार्थका निम्ति पलायन कार्यकर्ताबाट निर्मित अपबित्र क्रियाकलाप र सम्बन्धको पापको प्रमाण हो। यिनका बिश्वासमा पलायन भएका कार्यकर्ता आज निराश भएका छन्। बाम घटक दलहरुले उठाएका मुद्दा, केहि थप मुद्दाका साथ नेकपा (माओवादी)ले शसस्त्र दन्द्ध सञ्चालन गर्‍यो। सबै राजनीतिक दल र नेपाली जनताको सहभागितामा भएको जनआन्दोलनबाट माओबादीलाई सुवर्ण अवसर प्राप्त भयो तर एउटै नेतृत्व जनयुद्धकालदेखि हालसम्म आइपुग्दा जनतामा चरम निराशा मात्र नभएर जनता र देशले अभिश्रापको रुपमा भोग्नुपर्‍यो। क्रमिक रुपमा हरेक कालखण्ड र घटनाक्रममा जनता र जनयुद्धको भावनाको ठिक बिपरित कृयाकलापका शृखला जारी छन।

एमसिसी ठिक कि बेठीक तर्क अनुसार छुट्टै बहसको बिषय बन्ला। यसले भबिष्यमा के फाइदा गर्छ र के असर गर्छ यो पनि भबिष्य कै जिम्मामा छोडौं। तर राजनीतिमा एउटा बिषयमा नेतृत्वले दिन्नौ कुरा फेरिरहँदा जनताका बीचमा प्रत्यक्ष सम्पर्कमा रहने कार्यकर्ताले भने जनताका अप्ठ्यारा प्रश्नको सामना गर्नुपर्छ। हुनत धेरै बिषयमा मतहरु बिभाजित हुन्छन्। कुनैपनी बिषयमा फरक मत राख्न पाउनु, बिरोध गर्न पाउनु लोकतन्त्रको बिशेषता हो। कहिलेकाही भिडले नरुचाएको तर ठिक मुद्दापनि हुनसक्छ र भिडले रुचाएको तर गलत मुद्दापनि हुनसक्छ। एमसिसी प्रकरणको लामो समय र प्रकृयामा सबै दल सहभागी छन्।

आफ्नो स्वार्थ र सत्तामोहकै लागी सरकारमा सहभागी पार्टी नेकपा (एस) र नेकपा (माओवादी)को कृयाकलाप भने जनता र राष्ट्रका लागी मजाक साबित भयो। एमसिसीलाई पत्र पठाउने अनि पठाएकै छैन भन्ने, सार्बजनिक भएपछि पास गर्छु त भनेको हैन भन्ने, महाधिवेशनमा एमसिसी राष्ट्रहितमा छैन भनेर पारित गर्ने, संसदमा टेबुल गर्न दिन्नौं भन्ने, टेबुल गर्न दिने तर बिपक्षमा मतदान गर्ने भनेर कार्यकर्ता जनसंगठनलाई बिरोध र आन्दोलनमा उतार्ने, आफैं सरकारमा बसेर आन्दोलनमा सहभागी कार्यकर्ता र जनतालाई अंगभंग हुनेगरी कुटाउने अन्त्यमा पक्षमा मतदान गर्ने। यो शृङ्खला जनता र कार्यकर्ता सामु नाटकीय साबित भएको छ।

एमसिसीपास गर्नकै लागि निवेदन गरेको, सम्झौता गरेको र पास गर्नु थियो भने जनतालाई ठिक छ भनेर बुझाउन सक्नुपर्दथ्यो। यहि द्वेध चरित्र र नेता कार्यकर्ताको भावना बिपरित कार्यले नेकपा (एस) र नेकपा(माओवादी)का राष्ट्रवादी कार्यकर्तामा निराशा छाएको छ। “परिस्थिति बिशेष राजनीतिक दलहरु खत्तम त छँदैछन तर खत्तम मध्येको उत्तम के हो त भन्ने बिकल्पका बारेमा समेत व्यापक चर्चा र छलफल भईरहेको छ।”

बिभिन्न कालखण्डमा महत्वपूर्ण राष्ट्रवादी कामको अगुवाई गरेर राष्ट्रवादी छवि बनाएको नेकपा(एमाले) र अध्यक्ष केपी ओलिप्रतिको आकर्षण र चर्चा चुलिँदो छ। नेकपा बिघटनपछि एमाले पक्षमा गएका सांसदहरुलाई माओवादी पार्टीले गरेको कारबाहीको सूचना टाँस्ने तर सोही प्रक्रियामा एमालेले कार्बाही गरेका सांसदको सूचना नटाँसेर सभामुखले एमाले पार्टी फुटाउने झेलपुर्ण काम गरेकोमा कि सांसदलाई कार्बाही या त सभामुखलाई कार्बाहिको माग गर्दै आन्दोलनसहित संसद अबरुद्ध गर्दै आएको एमालेले मतदानमा भाग लिएन। तथापि संसद बाहिर एमसिसी बिकास परियोजना भएतापनी जनतालाई लडाएर पास गर्नु उपर्युक्त समय थिएन भन्ने एमालेको धारणा छ। तसर्थ अन्य दलका राष्ट्रवादी कार्यकर्तामा हिजो खत्तम भनि आए पनी उत्तम चाहिँ नेकपा (एमाले) रहेछ भन्ने भान भएको छ।

आजको नेकपा (एमाले) अदालतले नेकपा बिघटन गरिसकेपछि एमाले र माओवादीका मुद्दाहरुमा साझा सहमति र अपनत्व रहेको, बिधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित साबिक नेकपाको निरन्तरता हो। तसर्थ हिजो के भयो छोडौं, देशब्यापी जनताको आकर्षण भएको गौरवशाली पार्टी नेकपा (एमाले) पार्टीमा प्रगतिशील बिचारबाट प्रेरित भएकाहरु ज्ञान, सीप, योग्यता, अनुभव र क्षमताका आधारमा अविभावकत्व गरेर या सहयात्रा गरेर “समृद्ध नेपाल,सुखी नेपाली” को अभियानमा सामेल भएर राष्ट्र निर्माणका निम्ति हातेमालो गरेर अघि बढौं।

(भिम कार्की नेकपा(एमाले) केराबारी गाउँपालिका कमिटिका सचीव हुनुहुन्छ–सम्पादक)