इनरुवा/ सुनसरीको इनरुवाकी प्रतिभा अर्चना राठीले बलिउडमा बनाएको छोटो चलचित्र “स्पेसल डे” अन्तराष्ट्रिय अवार्ड जितेको छ। भारतको नयाँदिल्लीमा मास कम्युनिकेशनमा मास्टर गरेकी राठीद्वारा लिखित “स्पेसल डे”ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२०मा अवार्ड जितेको हो।

छोटो चलचित्र “स्पेसल डे”ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२०मा जुरि अवार्डसहित अन्य धेरै अवार्ड हात पारेको छ। उनले प्राप्त गरेको अवार्डमा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड, Cult Critic Award 2020को बिजेता, New york Movie Award 2020 फाईनलिस्ट, Couch Film festival 2020 सेमिफाईनलिष्ट, विनर बेष्ट फिल्म अफ दि ईयर इन शर्टेड फिल्म फेस्टिबललगायतका धेरै अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाईसकेको छ। rathi

आमा छोराको सम्बन्धको कथामा आधारित ११ मिनेट २१ सेकेन्ड लामो चलचित्र एकदमै मार्मिक बनेको छ। कलर टिभीबाट प्रशारण हुने खतरोके खिलाडी सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिउडकी चरित्र अभिनेत्री शिबा चड्डाको मुख्य भुमिका रहेको यो छोटो चलचित्रको निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानीले गरेका हुन्।

यो छोटो चलचित्र कि लेखिका प्रतिभा इनरुवाका पुराना ब्यापारी घराना प्रकाश राठीकी छोरी हुन्। सानैदेखि लेख रचनामा रुचि राख्ने प्रतिभाले भ्एक् स्कुल काठमाडौबाट एसएलसी उतिर्ण गरेकी हुन्। भारतको सिलिगुढीबाट इन्टरमिडियटको अध्ययन गर्दै उनले कलकत्ताबाट अंग्रेजीमा स्नातक गरेकी छन्।

मास कमन्युकेशनमा स्नानकोत्तर सकेर उनले ईन्डिया टुडे र द हिन्दुमा काम गर्न थालिन यहि क्रममा उनी द हिन्दुको शाखा कार्यालय मुम्बईमा काम गर्न पुगिन। काम गर्ने शिलसिलामा उनले धेरै बिषयमा लेख अनि कथाहरु लेख्न थालिन्।

मुम्बईमा रहँदा लेखेको स्पेसल डे को कथा धेरै साथिहरुले मन पराए पछि साथीहरुकै सहयोगमा टिम बनेको त्यहि टिमले छोटो चलचित्र पनि बनाएको र धेरै अवार्ड पनि जितेको भन्दै प्रतिभाले खुशी ब्यक्त गरेकी छन्।

मातातिर्थ औँशीलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको यो चलचित्रकी लेखिकाको नाम प्रतिभा राठी हो तर उनले आफ्नो नामको बीचमा आमाको नाम अर्चना राखी प्रतिभा अर्चना राठी लेख्ने गरेकी छन। अहिलेको पुरुष प्रधान देशमा यो एउटा नौलो शुरुवात हो।

चलचित्रको अन्त्यमा सबै टिमले आ आफ्नो आमाको साथमा खिचेको तस्वीरहरु राखेका छन्। प्रतिभा अर्चना राठी अहिले मुम्बईमा नै कार्यरत छिन।

हेर्नुहोस चलचित्र :