कोभिड- १९ [अपडेट]

घेदुङद्धारा धरानका युवा कवि पाख्रिन सम्मानित

  • बिजय ओझा
  • प्रकाशित मिति: माघ 26, 2076

धरान / नेपाल तामाङ घेदुङले धरानका युवा कवि सुदिप पाख्रिनलाई सम्मान गरेको छ। साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृतिक महोत्सवका अवसरमा उहाँलाई सम्मान गरेको हो।

कवि पाख्रिनलाई नेपाल तामाङ घेदुङका संघीय सचिव रामकृष्ण लामा, संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश सदस्य लोकबहादुर थिङ, जिल्ला अध्यक्ष सुरज लामा, धरान १५ नं. ईकाई अध्यक्ष टंक योञ्जन, साहित्य साधक निला तामाङ लगायतद्धारा सम्मान–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको हो।

कवि पाख्रिनको मौनता र दगुरिहिंड्ने चौवाटो दुई कविता सङ्ग्रह प्रकाशित भएका छन् भने नियात्रा सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन्। उहाँले आफ्नो मातृसंस्थावाट सम्मानित भएकोमा गौरव महशुष हुनका साथै थप हौसला र प्रेरणा मिलेको बताउंदै भविष्यमा अझ सशक्त भएर साहित्य क्षेत्रमा कलम चलाउने बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved