इटहरी/ इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्री रामचन्द्र श्रेष्ठको निधन भएको छ। शुक्रबार (आज) दिउँसो सवा एक बजेतिर इटहरीको मुख्य चोकमा ट्रकले ठक्कर दिँदा श्रेष्ठको निधन भएको हो।

मुख्य चोकमा पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका १४का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

ट्रक चालक धरान १३का ४५ बर्षीय गोविन्द बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक बेलबारी प्रहरीको नियन्त्रणमा छ।

पूर्वबाट बिराटनगरलाईन तर्फजाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन्।