इटहरी/ होटल ब्यवसायी संघ इटहरीको १५औँ साधारण सभाले जयप्रसाद उपाध्याय पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मंगलबार भएको साधारण सभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ। यस्तै उपाध्यक्ष त्रयमा कृष्णप्रसाद निरौला, पुनम थापा मगर, शिवकुमार तामाङ्ग चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।

संघको महासचिवमा आरोन कार्की चयन हुनुभएको छ भने कोषाध्यक्षमा दामोदर बिडारी र सह–कोषाध्यक्षमा बिशाल प्रधान र सचिवमा प्रेमराज गिरी सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ।

यस्तै मंगलबारको साधारण सभाले उद्योग बाणिज्य संघ इटहरीको सदस्यहरुमा एकराज श्रेष्ठ, कल्पना बिष्ट, कुमारजंग कार्की, खेमराज राई, देबेन्द्र कुमार निरौला, पदम बहादुर राई, बिनोद गुरुङ्ग, बिपिन घिमिरे, बिरेन्द्र लिम्बु, रोनिका राई, लिलामणी खड्का र शम्सेर बहादुर कार्कीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ।

साधारण सभामा हिरा होटलका सञ्चालक प्रकाश महतो, रोयल रिसोर्टका सञ्चालक अमृत कार्की, कोसी गेष्ट हाउसका दधिराम आचार्य र कटवाल होटलका मणिन्द्र कटवाललाई सम्मान गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य महासंघ कोसी प्रदेशका उपाध्यक्ष भिम पौडेलले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो।

होटल ब्यवसायी संघ इटहरीका निवर्तमान अध्यक्ष एवं उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा होटल ब्यवसायी महासंघका उपाध्यक्ष रबिन गौतमलगायत होटल एवं पर्यटन सम्बधित बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।