इटहरी/ इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरुले मेयर हेमकर्ण पौडेलले सोमबार सार्वजनिक गरेको भिडियो सन्देशले आँफुहरुको ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार दिउसो उपमेयरको कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै उनिहरुले ध्यानाकर्षण भएको जनाएका हुन्।

उनिहरुले नगर प्रमुख जस्तो गरिमामय पदमा आसिन स्थानीय सरकार प्रमुखले भिडियो सन्देशमार्फत नगरबासी समक्ष सप्रेषण गरेको सुचना यर्थाथमा आधारित नभई कपोकल्पित भ्रामक र सार्वजनिक खपतका लागि गरिएको हो भन्ने महसुस भएको जनाएका छन्।

उनिहरुले सरकार प्रमुख जस्तो व्यक्तिद्वारा गरिएको यस प्रकारको गतिविधि प्रति गम्भिर दुःख प्रकट गर्दै इटहरी उपमहानगरपालिकाको यर्थाथ अवस्था नगरबासी समक्ष सुसुचित गराउन चाहन्छौ भनेका छन्।

वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले इटहरी उपमहानगरपालिको बैठक ५ महिना देखी नबसेको जसको कारणबाट उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी हुन नसकेको नगरपालिकासँग यथेष्ट रकम रहेपनि बैठकबाट स्रोतान्तर हुननसकेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिका कारण उपमहानगर अगाडि बड्न नसकेको जस्ता अनेक आरोपहरु लगाएकोमा ति बिषयको स्पष्टताका लागी नगरप्रमुख समक्ष सार्वजनिक रुपमै निम्न प्रश्नको जवाफ माग गरेका छन्।

१) नगरकार्यपालिकाको बैठक बस्न पटक पटक माग गर्दा बैठक नबसाई मिति २०८१ बैशाख १८गते उपमेयरको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरिरहेको अबस्थामा नगर प्रमुख आफै उपस्थित भएर बैठकलाई जबरजस्ती स्तगित गराउनको कारण के थियो ?

२) राजस्व परामर्स बैठक बस्र आर्थिक बर्ष २०८०/०८१को अनुमानित आए र ब्ययको समिक्षा र २०८१÷०८२ को आन्तरीक आयको प्रक्षेपण गरी नगर प्रमुखलाई राजस्व परार्मस समितिको संयोजकको तर्फबाट लिखित पत्रचार गरिएको स्रोत अनुमान तथा सिमा निधारण समितिको बैठक बसी स्रोतको अनुमान गरी सिलिङ तोक्ने काम किन नभएको ?

३) कार्यपालिकाको बैठक बसी आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्माणको तयारी गर्न नगर प्रमुख समक्ष पटक पटक अनुरोध गर्दा बैठक नबसाउनुको कारण के थियो ?

४) २०८१ असार ०४ गते श्रोत अनुमान समितिको बैठक बस्ने बहानामा इन टुरीस्ट होटलमा कार्यपालिका सदस्यलाई आमन्त्रित गरी बैठक बोलाइएको र बैठकमा छलफल नटुंगिएकोले बैठक स्तगित गरी ५गते पुन समितिको बैठक बोलाइएकोमा बैठकबाट कुनै निर्णय नहुनुमा को दोषी हो ?

५) श्रोत अनुमान तथा सिमा निर्धारण समितिको निर्णय नहुँदै १० गते कार्यपालिकाको बैठक बोलाई बैठकमा बजेट निति तथा कार्यक्रममा कार्यपालिका सदस्यहरुका बीचमा छलफल गराउन पटक पटक अनुरोध गर्दा बैठकमा बजेट तथा नीति तथा कार्यक्रमको एक प्रति पेश नगर्नुको कारण के थियो ?

६) आर्थिक बर्ष २०८१/०८२ को आन्तरिक आय तर्फको अनुमान ५२ करोड र मालपोत रजिष्ट्रेशनबाट प्राप्त हुने ४६ करोड अनुमान भएकोमा जेष्ठ मसान्त सम्मको यथार्थ आय क्रमश २५ करोड र १२ करोड ७५ लाख मात्र आय भएकोले यथार्थ भन्दा धेरै गुना माथि आन्तरिक तर्फ ५६ करोड र मालपोत रजिष्ट्रेशन तर्फ ५६ करोड अनुमान गर्ने कार्य हुन गई यथार्थमा आधारित श्रोतको अनुमान नगरी जवरजस्ती गर्नुको कारण के थियो ?

७) कार्यपालिकोको सैद्धान्तिक सहमती विनै आर्थिक बर्ष २०८१/०८२ का यथार्थ आय व्यय र असार मसान्त सम्मको संशोधित अनुमानित आय व्यव विनै अनुसूचीमा समावेश गरिएको भन्ने शब्दावली प्रयोग गरिएको तर बजेट नीति तथा कार्यक्रममा अनुसूची समावेश नगरिनुको कारण के थियो ?

८) असार १०गते राती १०ः३० सम्ममा बजेट नीति तथा कार्यक्रम पेश गरी सकेपछि असार १३ गते बजेको सिलिङ्ग ऐनको कुन दफामा टेकी वडा तथा शाखा महाशाखालाई योजना तथा कार्यक्रम तयार गरी उपमहानगरपालिकामा पेश गर्न पत्राचार गरिएको ?

९) बजेट टेवल गर्दा बजेट नीति तथा कार्यक्रममा श्रोतान्तरको विषय उल्लेख नगरी कार्यपालिकाको बैठक बसी श्रोतान्तरको निर्णय गर्न खोज्नु कुन ऐन अन्तर्गत हो ?

१०) नगर प्रमुखको सम्वोधनमा कार्यपालिकाको बैठक नबसेको कारण उपभोक्ताहरुको भुक्तानी हुन नसक्नु भन्ने दोषारोपणको आधार के हो ?

११) उपमहानगरपालिकाको सशर्त बाहेक आन्तरिक आय तर्फ संचितकोषमा जम्मा भएको रकम कति छ भनी माग गर्दा नदिनुको कारण के हो ?

१२) कुन शिर्षक वा कुन श्रोतको कति रकम, कुन कुन योजना तथा कार्यक्रमका लागि भुक्तानी गर्न कति रकम आवश्यक परेको भनी प्रमुख प्रशासकीय अधिकृत तथा नगर प्रमुखसँग पटक पटक अनुरोध गर्दा विवरण नदिनुको कारण के हो ?

१३) जेष्ठ १७ गते सम्म पूर्वाधार तर्फको मात्रै १ अर्व ५१ करोड र अन्य तर्फ २८ करोडको दायित्व भुक्तानिको आधार के हो ?

१४) प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको मिलेमतोमा तोक आदेशको माध्यमबाट सञ्चालन भएका एक अर्व भन्दा बढिको योजनाहरुको दायित्व ऐनको कुन कुन दफामा पर्छ सो को यथार्थ जानकारी नगराउनुको कारण के हो ?

वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले इटहरी उपमहानगरपालिकाको यावत समस्या समाधान नगरी नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले गैर जिम्मेवार अभिव्यक्ति दिनु दुखद् रहेको भन्दै यस्ता कार्यको घोर निन्दा गर्दछौ भनेका छन्।

12

भिडियोहरु: