इटहरी/ मोरङ्ग र सुनसरीको सिमाना भएर बग्ने बुढि खोलाले बगाएर एकजना महिलाको ज्यान गएको छ। मोरङ्गको सुन्दरहरैँचा ५ की फुदनी भन्ने प्रेमकला चौधरीको ज्यान गएको हो।

बुढि खोलामा परिवार सँगै माछा मार्दै गरेकी फुदनीसँगै उनका अरु दुईजना आफन्तपनि बेपत्ता भएको सुन्दरहरैँचा ५का वडाध्यक्ष गणेश चौधरीले पूर्वीखबरलाई बताउनुभयो। चौधरीले सुन्दरहरैँचा ५खोक्सीका अफ्सरादेवी चौधरी र फुला चौधरी बेपत्ता भएको जानकारी दिनुभयो।

बाढिले बगाएकी फुदनीको शव इटहरी ४स्थित गैरीगाउँ शिरानमा फेला परेको छ। शवको मुचुल्का उठाई आवश्यक कानुनी प्रकृया अघि बढाईएको इटहरी प्रहरीले जनाएको छ। 

उता मोरङ्गको केराबारी ४स्थित मौरे खोलाले बगाएर स्थानीय एक बालकको ज्यान गएको छ। केराबारी ४ बाँसपानी भन्ने ठाउँका चित्रबहादुर राईका ११ बर्षीय छोरा श्याम राईको ज्यान गएको हो।

स्थानीय जनकल्याण माबिमा अध्ययनरत राईलाई स्कुल जाने क्रममा बिहान साढे ९ बजे खोलाले बगाएको केराबारी प्रहरीले जनाएको छ। शवको मुचुल्का उठाई आवश्यक कानुनी प्रकृया अघि बढाईएको केराबारी प्रहरीले जनाएको छ।