इटहरी/ युवा उद्धमी मञ्च (एनवाईइएफ) सुनसरीले आयोजना गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगितामा बिश्व आदर्श कलेज प्रथम भएको छ।

इटहरीको बरण्डा होटेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा विश्व आदर्श कलेज प्रथम हुँदै अवार्ड हात पारेको हो। बिजयी बनेको बिश्व आदर्शले १लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ।

६वटा कलेजको सहभागिता रहेको प्रतियोगिताका उपविजेता भने घोषणा गरिएको छैन्। उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न उद्योगी तथा व्यवसायीले सहभागिता जनाएका थिए। 

seminaarकार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका आइडियाले युवाहरुलाई उद्धमी बनाउने बताउनुभयो। उद्धमी मञ्च सुनसरी अध्यक्ष चन्द्र देवकोटाले युवाहरुमा स्वरोजगार र उद्धमीको भावना बिकास गराउन प्रतियोगिता गरेको जानकारी दिनुभयो।

बिद्यार्थीको आइडिया लगानिकर्ता सम्म पुर्‍याउने र रचनात्मक बिजनेस शुरुवात गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो। प्रतियोगितामा बिश्व आदर्शसहित कस्तुरी, कोसी, सुष्मा, ग्रिनपिस लिंकन र इटहरी इन्टरनेशनल कलेजले सहभागिता जनाएका थिए।