बिराटनगर/ प्रहरीले ब्राउन सुगरसहित सुनसरीको दुहवीका एकजना र झापाको गौरादहका एकजनालाई पक्राउ गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

प्रहरी टोलिले बुधबार दिउँसो बिराटनगर महानगरपालिका १५बाट सुनसरीको दुहवी नगरपालिका ४ का २० बर्षीय पारस चौधरी र झापको गौरादह नगरपालिका २ का ३५बर्षीय सञ्जिव खड्कालाई पक्राउ गरेको हो।

3

चौधरी र खड्कालाई शंकास्पद अवस्थामा फेला पारेको र उनिहरुलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।4ब्राउन सुगरसहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान गरिरहेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।