काठमाण्डौ/ इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ। पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुदैछ। कोलकोता अंक तालिकामा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको हो। कोलकोताले समुह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अंक हासिल गरेर शिर्ष स्थानमा छ।

त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्ध भएको थियो । सनराइजर्स १७ अंक हासिल गर्दै दोस्रो स्थानमा छ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ। त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो। योसहित कोलकोता आठौँ पटक प्लेअफमा पुगेको छ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ। २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने योसहित सात पटक प्लेअफमा पुगेको छ ।

यस सिजनमा कोलकोताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन्। त्यस्तै कोलकोताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन्।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन्। उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन्। त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन्।

आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। 

–न्युज कारखाना