काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीबाट आफैं ठगिएको बताएका छन् । 

शनिबार  काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘हाम्रो नयाँ कृषि सहकारी’ मा लगानी गरेको २३ लाख रुपैयाँ डुबेको बताएका हुन् ।

उनले आफूले हाम्रो नयाँ कृषि सहकारीमा उपाध्यक्ष बन्नका लागि एउटा सहीछाप बाहेक अन्य कुनै कारोबार नगरेको बताए । मन्त्री अर्यालले उक्त सहकारीमा फसेको पैसा उठाइदिनेलाई केही रकम दिनेसमते उद्घोष गरे ।

‘मैले त्यो सहकारीमा २३ लाख रुपैयाँ लगानी गरेको छु । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ,’– उनले भने ।