इटहरी / रिटर्नी फेडेरेसन नेपाल संगठनको प्रदेश स्तरिय दुई दिने प्रशिक्षण इटहरीमा सुरू गरिएको छ ।

रिटर्नी फेडेरेसन नेपाल संगठनले  कोशी  प्रदेशका १४ वटा जिल्लाका प्रतिनिधिलाई इटहरीमा प्रदेश स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख विनोद भट्टराईको प्रमुख आतिथ्यता तथा रिटर्नी फेडेरेसन नेपाल संगठन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष धर्मेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।

शुक्रबार पहिलो दिनको प्रशिक्षणमा नेपाली समाजको अवस्थाको आधारभूत जानकारी, रिटर्नीहरुको पृष्ठभूमि र उद्देश्य ,नेपालको आप्रवासन, प्रवासी नेपालीहरुको अवस्था र रिटर्नी फेडेरेसन स्थापनाको औचित्य र रिटर्नीहरुको आर्थिक, सामाजिक राजनैतिक समायोजन पुर्नस्थापनाका मुद्धा एवं पैरवीको विषयमा रिटर्नी फेडेरेसन नेपाल संगठनका महासचिव जेपी सापकोटाले प्रशिक्षण गराएका थिए ।

रिटनी फेडेरेसनको सांगठानिक संरचना र अभिलेखको विषयमा भरत शिवाकोटीले जानकारी गराएका थिए । नेकपा एमालेका गरेका नितिगत सुधारहरू , संगठन निर्माण, संचालन , द्वन्द , अन्तरविरोधको समाधान , संगठन तथा संजाल निर्माणको सीप , संगठन तथा नेतृत्वमा हुनु पर्ने गुण , सामुहिक उद्यमशिलााका अवधारणा लगाएत सकारात्मक विषयमा प्रशिक्षणमा जानकारी गराइएको  थियोे ।

१४ वटा जिल्लाका कमिटी र १ सय ३७ वटै पालिकामा प्रशिक्षक बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संचालन एकराज  सापकोटाले बताए ।

पुर्न: स्मरण , संगठन र व्यवस्थापन , सुचना र प्रविधि , प्रशिक्षण मुल्यांकन ,  माइन्युट लेखन अभ्यास र प्रशिक्षण सामाग्री निर्माणको विषयमा कार्यक्रमको दोस्रो दिन शनिबार जानकारी गराउने भएको  छ ।

सो कार्यक्रममा नेकपा एमाले कोशि प्रदेश कमिटीका उपाध्यक्ष टिकराम चेम्जोङ्ग , रिटर्नी फेडेरेसन नेपाल संगठन केन्द्रीय उपाध्यक्ष तथा उद्यम शिलता विभाग प्रमख सालिकराम वसेल , रिटर्नी फेडेरेसन नेपाल संगठनका स्थाई कमिटी सदस्य , कोशी प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधि र २५ जना प्रशिक्षकको सहभागीता रहेको थियोे ।