मोरङ / खोर्साने केराबारी जंगलमा शुक्रबार दिउसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।खार्सानेबाट केराबारी तर्फ आउदै गरेको को १ ख ५७३६ नम्बरको टिपरलाई सोही दिशसाट आएको को २७ प २५३६ नम्बरको रातो कालो पल्सरले ओभरटेक गरी ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

घाइते अवस्थामा फेला पारेको मोटरसाइकल चालकलाई कोशी अस्पताल विराटनगर उपचारको लागि लादै गर्दा उनको मृत्यु भएको बेलबारी प्रहरीले जनाएको छ। मृतकको पहिचान भै नसकेको र त्यसबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ। टिपर र चालक सुन्दर हरैंचा १० का २३ वर्षिय दिनेश उरावलाइ इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।