मोरङ  / मोरङमा आठ लाख बराबरको चाँदीका गहनासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले आठ लाख ७४ हजार ५५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा कानेपोखरी गाउँपलिका ६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई नियन्त्रणमा लिएको हो ।

खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको हो ।

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाईछिपाई लैजाँदै गरेको अवस्थमा उनलाई १२ केजी दुई सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो ।पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा पाँच केजी सात सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।