इटहरी : इटहरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ ।

आज दिउँसो इटहरी १० संविधान चौकस्थित कोसी राजमार्गमा इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेका छन् ।  इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले बस र चालक बिर्तामोड ४ का ५९ वर्षीय बद्रीनारायण पाण्डेलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।