झापा / झापा घर भएका विभिन्न पदका तीनजना प्रहरी फरार रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुसी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका झापाका तीनजनासहित २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन् । सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।