इटहरी / ’जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करण सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् । उपाधी बिजेता बस्नेत र लुइँटेलले २५÷२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् ।

यस्तै गर्ल्स तर्फ नुमा राई फस्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे । यता ’जुनियर मिस्टर एण्ड मिस इटहरी’ दोश्रो संस्करणको ब्वाइज तर्फ फस्ट रनरअप दिक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाईसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन् । ड्रिम मोडलिङ एजेन्सिको आयोजनामा भएको ग्राण्ड फिनालेमा ५८ जना बालबालिकाहरुको सहभागीता रहेको थियो ।

इटहरीका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बालबालिकाहरुलाई र्याम्प वाल्क सहित ज्ञानबर्धक कुराहरुको प्रशिक्षण दिइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरभ मान भण्डारीले जानकारी दिनुभयो ।

ग्राण्ड फिनाले कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने फिनालेको मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का रहेकी थिइन् भने अन्य निर्णायकहरुमा म्यान अफ द ईयर तथा काजी प्रोडक्सनका फाउन्डर सुशान्त काजी श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२४ कि बिजेता पृथ्वीब्या थापा, सामाजिक अभियान्ता तथा इभेन्ट अर्गनाइजर निश्चल मोहन पालिखे रहेका थिए ।