ओखलढुंगा / ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एकजनाको मृत्यु भएको छ ।

उसिनेको अण्डा खाँदा अड्किएर मोलुङ गाउँपालिका २ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।

शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा मदिरा सेवन गरी अण्डा उसिनेर खाने क्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।