इटहरी / फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डि एन बिएचडी मलेसिया र आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँले संयुक्त रुपमा मृत्यु हुने एस कुमार सुवेदीका परिवारलाई आर्थीक सहयोग गरेको छ ।  

तेह्रथुम जिल्ला स्थिति म्याङ्लुङ नगरपालीकाका स्व. हर्क बहादुर सुवेदीका एक मात्र छोरा एस कुमार सुबेदीको बैदेशिक रोजगारीका क्रममा बिगत ९ महिना अघी मलेसियामा सेक्युरिटि गार्डका रुपमा काम गरि रहदा मृत्यु भएको हो । सुवेदीका  १० वर्ष र ४ बर्षका कलिला २ दुई छोरी र श्रीमती रहेका छन् ।

नेपालमा रोजगारीको सुनुश्चिता नदेखिएकाले विदेश गएका सुवेदीकोे २५ वर्षको उमेर मै काम सकेर कोठामा फर्कीएर सुतिरहेको अवस्थामा  आकस्मीक निधन भएको थियो । २०७६ साल जेठ २३ गते मलेसिया पुगेका सुवेदीको २०८० असार १६ गते हृदयघातका कारण मृत्यु भएको हो ।

कम्पनिमा काम गरेको अन्तिम महिनाको तलब  ६० हजार ७ सय ६२ को चेक सहित  बिपी कम्प्लेक्स भवनमा मृतक सुवेदीका परिवारलाई ५ लाख सहयोग हस्तान्तरण गरिएको हो । कम्पनिको तर्फबाट डातो श्री गन्धी र डातुक कृष्नानले निज मृतकका दिदी बालकुमारी सुवेदीलाई रकम हस्तान्तरण गरेका हो ।  यो सहयोगले आफुहरुलाई राहात मिलेको बालकुमारी सुवेदील बताए 

फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डिएन बिएचडी मलेसियाका डातो श्री गन्धी,डातुक कृष्नान आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँका वल बहादुर थापा, अगम कार्की ( काजी ) , भिमबहादुर विश्वकर्मा परिवारका तर्फबाट बालकुमारी सुवेदी, महेन्द्र थापा ,योगेन्द्र भण्डारीको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।