इटहरी / उद्योग वाणिज्य संघ सुनसरीको आयोजनामा भोलि विहिबार १८ जना विशेषज्ञ डाक्टरहरुसहित एक दिने शिविर गर्न लागिएको हो ।

स्वस्थ रहौं, व्यवशाय गरौं भन्ने नाराका साथ शिविर गर्न लागिएको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनका अनुसार यो स्तरको शिविर पहिलो पटक हुन लागेको जनाउँदै यसले उद्योगी व्यवशायीहरुका साथै शहरी गरिबहरुलाई फाइदा गर्नेछ । शिविरमा दुई हजार पाँच सय जनाले स्वास्थ्य जाँच गर्ने अनुमान गरिएको छ । शिविरमा जाँच पछि आवश्यकताअनुसार विभिन्न परिक्षण र कतिपय औषधीहरुसमेत निःशुल्क उपलब्ध गराइने उनले बताए ।

शिविर इटहरी मेडिकलको प्राविधिक सहयोगमा हुन लागेको हो । इटहरी मेडिकलका सञ्चालक तथा शिविरका संयोजक बलबहादुर न्यौपानेका अनुसार शिविरमा बाल, महिला, नाक कान तथा घाँटी, सर्जन, मुटु, पेट तथा कलेजो, छाला आदिसम्बन्धि रोगका विशेषज्ञहरु हुनेछन् । यस्तै मनोरोग विशेषज्ञ र सर्जन विशेषज्ञको समेत सेवा रहनेछ । उनले प्रायः डाक्टरहरु इटहरी मेडिकलमा कार्यरत हुन् भने केही अन्य अस्पतालबाट सहभागि हुँदैछन् ।