केराबारी/ कार्यसम्पादन मुल्यांकनमा मोरङ जिल्लाका स्थानीय तह मध्ये केराबारी गाउँपालिका पहिलो भएको छ। मोरङ्ग जिल्लाका १७ वटा स्थानीय तहमध्य ४२दशमलव ७ अंक प्राप्त गर्दै केराबारी गाउँपालिका मोरङ्गमा पहिलो भएको हो।

यस्तै नगरपालिका तर्फबाट मोरङ्ग ३५ दशमलव १८अंक प्राप्त गर्दै उर्लाबारी नगरपालिका पहिलो भएको छ। मोरङ्गका ८ नगरपालिका र १ महानगरपालिकामध्ये उर्लाबारी पहिलो भएको हो ।

मोरङका बिराटनगर महानगरपालिकाको ३२दशमलव ८५, रंगेली नगरपालिकाको ३२दशमलव ४२, बुढिगंगा गाउँपालिकाको ३२ दशमलव १८, ग्रामथान गाउँपालिकाको ३१ दशमलव ३१, सुन्दरहरँैचा नगरपालिकाको ३० दशमलव ९२, कटहरी गाउँपालिकाको २९ दशमलव ९३, सुनवर्षी नगरपालिकाको २९ दशमलव ७९, बेलबारी नगरपालिकाको २९ दशमलव २४ अंक प्राप्त भएको छ।

Kerabari 1

यस्तै, रतुवामाई नगरपालिकाको २७ दशमलव ७१, पथरीशनिश्चरे नगरपालिकाको २७ दशमलव ४६, मिक्लाजुङ गाउँपालिकाको २६ दशमलव ५५, लेटाङ नगरपालिकाको २४ दशमलव २२, कानेपोखरी गाउँपालिकाको २३ दशमलव ४४, धनपालथान गाउँपालिकाको २२ दशमलव ८ र जहदा गाउँपालिकाको १८ दशमलव ४० अंक प्राप्त भएको छ ।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले स्थानीय तह कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो। आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मुल्यांकन गरेको छ। 

जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुष मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको बार्षिक समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/गरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद बिद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा बिद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १ दशमलव ६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका बिद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य सँस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचकहरू छन्।

कोसी प्रदेशमा प्रथम बन्यो ताप्लेजुङ्गको मैवाखोला गाउँपालिका

ताप्लेजुङको मैवाखोला गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा कोसी प्रदेशमा प्रथम भएको छ। कोसी प्रदेशका १सय ३७ स्थानीय तह मध्ये मैवाखोला गाउँपालिकाले ४८दशमलव ३१ अंक प्राप्त गरी पहिलो भएको हो। 

यस्तै, पाँचथरको यङ्वरक गाउँपालिका ४८ दशमलव २६ अंक सहित दोश्रो र भोजपुरको पौवादुङ्मा गाउँपालिका ४६ दशमलव ८७ अंकसहित तेश्रो भएका छन्।

यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४६ दशमलव ३ अंकसहित चौथो, सुनसरीको इनरुवा नगरपालिका ४५ दशमलव ।३३ अंकसहित पाचौं भएका छन्। 

इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये उत्कृष्ट भएको छ।