काठमाडौँ । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशको ढाकामा शुक्रवार सम्पन्न ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा स्वर्ण पदक जितेकी छन् । उनले म्याराथनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक हात पारेकी हुन् ।

उक्त म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ सन्तोषी पहिलो भएकी हुन् । उनले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड पूरा गरेकी थिइन् । सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता खेलाडी हुन् ।