ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट बिक्रीका लागि छिमेकी राष्ट्र भारत लैजान चिराइतो व्यवस्थापन गर्दै व्यावसायी । ताप्लेजुङका धेरै किसानले पाखोबारीमा चिराइतो, विखुमा, जटामासी, सुगन्धकोकिललगायतका जडिबुटी खेती गर्ने गरेका छन् । अन्य खेती नहुने पाखोबारीलाई यहाँका किसानले जडिबुटी लगाएर हराभरा बनाएका छन् । चिराइतो विक्रीबाट जिल्लामा बार्षिक करोडौं रकम भित्रिने गरेको छ ।