हाल सिकाईलाई फरक तरिकाले हेर्न थालिएको बिगतको जस्तो घोकन्ते शिक्षाले एक्काईसौँ शताब्दीको समक्ष सापेक्ष शिक्षा प्रदान गर्न सक्दैन भन्ने सोचका कारण इटहरी ८ फुलबारी टोलस्थित कञ्चनजंघा सेकेण्डरी बोर्डिङ्ग स्कुलले मंसिर २९गते शुक्रबारका दिन बिद्यार्थीलाई सिकाईका लागि फरक एवं नौलो कार्यक्रम गर्‍यो।

कक्षा १०सम्म अध्यापन गराईने सो स्कुलले बिद्यार्थीलाई आ–आफ्नो भाषा भेषभुषा सँस्कृति एवं धर्मका बारेमा बृहत जानकारी दिन र सिक्नका लागि उपर्युक्त हुने गरेर तयार पारेको कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका २ सय ८३ जना बिद्यार्थीले भाग लिएका थिए।

one

कार्यक्रम तयार पार्न एवं बिद्यार्थीलाई तयारी गराउन निकै अफ्ठेरो परेपनि अभिभावकको साथ अनि बिश्वासका कारण कार्यक्रम सोचेको भन्दा राम्रो र फलदायी भएको स्कुलका प्रिन्सिपल हरि आचार्यले बताउनुभयो।

प्रत्येक बिद्यार्थी आफ्नै जातजातिको भेषभुषामा सजिएर आफ्नै मातृभाषाका आफुलाई मन लागेको बिषयहरु राखेको दृष्य हेर्न लायक थियो। किताव पढाएर वा रटाएर यो वा तयो भनेर पढाउनु भन्दा हामी नेपाली हाम्रो नेपाल अनि हाम्रा भाषा सँस्कृति आदिका बारेमा जानकारी दिनका लागि यो भन्दा राम्रो अन्य तरिका वा उपाय नै नहुने सो स्कुलमा ८ कक्षामा छोरा इसानलाई पढाईरहेकी तारा श्रेष्ठले बताउनुभयो।

IMG_3876

अभिभावकले आफ्ना छोराछोरीलाई धेरै मेहेनतले सिकाएका कारण नै उनिहरुले स्टेजमा धेरै राम्रो प्रस्तुती दिएको हेर्न र बुझ्न सकिन्थ्यो। जुनियर र सिनियर गरेर दुई भागमा बिद्यार्थी बाँढेर गरिएको सो कार्यक्रममा जुनियर तर्फ कक्षा ५ मा अध्ययनरत कृतिका राजबंशी प्रथम, आशिष बिष्ट द्वितीय र रोमन चौधरी तृतीय भएका थिए।

यसरी नै सिनियरतर्फ कक्षा १०मा अध्ययनरत पुष्पा ठाकुर प्रथम, कक्षा ८ मा अध्ययनरत इशान कोईराला द्वितीय र कक्षा ६मा अध्ययनरत प्रजिसा लिम्बु तृतीय भएका थिए।

three

कार्यक्रमका बिजेताहरुलाई सिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो। सो कार्यक्रमको शुरुदेखि नै तीनजनाको बाहिरबाटै निर्णायक मण्डली स्कुलले ब्यवस्थापन गरेको प्रिन्सिपल आचार्यको भनाई छ।

two

केहि बर्ष यतादेखि एसईईमा इटहरी क्षेत्रकै उत्कृष्ट नतिजा निकाल्न यस्तै फरक सिकाई बिद्यार्थीलाई प्रोत्साहन एवं सिकाईमा सहजता गरेकै कारण यस्तो रिजल्ट आईरहेको प्रिन्सिपल आचार्यको भनाई छ।

अत्यन्तै रोचक एवं बिभिन्न भेषभुषाले सजिएर बिद्यार्थीको प्रस्तुती साँच्चै रमाईलो त थियो नै साथमा आफ्नो पहिचान एवं सँस्कृति जोगाउन कोसेढुंगा साबित हुने अनुमान सहजै लगाउन सकिन्थ्यो। सो कार्यक्रममा गायन नृत्य, उद्योषण तथा आफ्नो आफ्नो जातजातिको प्रस्तुती रहेको थियो।

 IMG_3888

कक्षा ८मा आफ्ना छोराछोरी पढाईरहनुभएकी चन्द्रा प्रधानले पूर्वीखबरलाई ‘बिगतमा स्कुलले गृहकार्य हाम्रा नानीबाबुहरुलाई दियो तर यसपटक हामी अभिभावकलाई दियो, स्कुलले दिएको यो गृहकार्य रोचक अनि रमाईलो थियो, मैले स्कृप्ट हेरेर आफ्नो भाषामा अनुबाद गरेको थिए, मलाई आफ्नै भाषा आएन, मैले आफन्तहरुबाट सिकेर सिकाउन खोजेँ तर त्यो पनि भएन, अन्त्यमा एकजना गाउँको दाईलाई सोध्यौँ उहाँले पनि आधा त सिकाउनुभयो बाँकी आधाको लागि पहाडमा बस्ने आमालाई सोधेर हामीले सिकाउन सक्ने जति सिकायौँ, हामीलाई आफ्नै भाषा सिकाउन पनि अफ्ठेरो पर्‍यो, अन्त्यमा हामीले स्कुललाई हाम्रो आफ्नो भाषा, धर्म, पोशाकको महत्व हाम्रै छोराछोरीमार्फत बुझाईदिएकोमा धन्यबाद दियौँ’ भन्नुभयो।

four

(बषौँ नेपालमा पढेर अन्त्यमा ६ महिना कोरियन, जापानीजलगायतका भाषाहरु पढेर देश छोडेर बाहिरिनुपर्ने नेपालीको बाध्यता रहेको छ। लामो समय बिदेश बसेर नेपाल फर्कँदा बिगतमा आफ्नो भाषा, सँस्कृति, पोशाक आदिका बारेमा जानकारी नपाएकै कारण आफ्ना सन्ततिले हाम्रो मौलिक सँस्कृति भुल्दै तथा अवमुल्यन गर्दै पश्चिमा सँस्कृतिलाई आत्मसात गर्दै आईरहेको हालको परिप्रेक्षमा इटहरीस्थित कञ्चनजंघा सेकेण्डरी स्कुलले आफ्नो पहिचान सँस्कृति भाषा एवं धर्मको रक्षाको लागि गरेको सो कार्यक्रमको अभिभावक, शिक्षक एवं बिद्यार्थीबाट चौतर्फी प्रशंसा र खुसी हामीले रिर्पोटिङ्गका क्रममा पाएका थियौँ–सम्पादक)