इटहरी/ इटहरी नयाँ बसपार्क नजिकै रहेको चिजन प्यालेस स्कुलका बिद्यार्थीले आफ्नो मौलिक सँस्कृति,पोशाक, भाषा तथा आ आँफुले मनाउँदै आएको धर्मसँस्कृतिको बारेमा सुनेर बोल्न पाउने माग राखेका छन्। उनिहरुले स्कुलमा आफ्नै जातजातिको पोशाक अनि गहना लगाएर आआफ्नै भाषामा आफ्नो परिचय पोशाक धर्म तथा पितापुर्खा देखि मनाउँदै आएको चाडपर्वका बारेमा खुलेर बोलेका हुन्।

स्कुलमा अंग्रेजी भाषा जानी नजानी घोकाउने गरिएको सुनिएपनि यसरी सबैको आ–आफ्नो पहिचान हुने गरी सबै जाति, भाषा, धर्म एवं सँस्कृतिको बारेमा उत्तिकै सम्मान र सम्बर्धन गर्न यस्ता कार्यक्रमहरुले ठुलो महत्व राख्ने अभिभावकको भनाई थियो।

पिजीदेखि कक्षा ५सम्म अध्यापन गराईने स्कुलले सबै जातजातिको भाषा धर्म सँस्कृति तथा भेषभुषाको पहिचान तथा प्रवर्धन गर्ने उद्देश्यका साथ बिल्कुलै फरक कार्यक्रम गरेको हो।

आँफुहरुले आफ्नो भाषा सँस्कृति पोशाक तथा धर्म आदिका बारेमा सिकाउन नसकिरहेको अवस्थामा स्कुलले सबै जातजाति भाषाभाषी तथा समुदायका लागि गरेको यो कार्यक्रम साँच्चै नमुना कार्यक्रमका रुपमा आँफुले लिएको स्कुलमा कक्षा २मा पढ्ने परिधि लुंगेली मगरकी आमा लक्ष्मी बस्नेतले पूर्वीखबरलाई बताउनुभयो। 

उहाँले ‘अंग्रेजी बिषयका प्रश्नहरु नानीबाबुहरुले सोध्दा मैले नेपाली स्कुल पढेको मलाई आउँदैन भन्दै पन्छने हामी अभिभावकलाई हाम्रो आफ्नै भाष धर्म सँस्कृति, पोशाकका बिषयमा सोध्दा आउँदैन भन्न अफ्ठेरो पर्छ र अभिभावकले  जसरी पनि स्कुललाई सहजता गरिदिनुहुनेछ भनेर स्कुलले दिएको स्कृप्ट तथा गृहकार्य सधैँ नानीबाबुको लागि आउने गर्दथ्यो भने यो कार्यक्रमका लागि  हामी अभिभावकका लागि गृहकार्य आएको ठानी आफ्ना सन्ततीका अगाडी आफ्नै भाषा पोशाक सँस्कृति नजान्ने भनि उनिहरुले नभनुन् भनेर हामीले आँफुले जानेको सिकायौ नजानेको खाजेर सोचेर कुझेर भएपनि तयारपारि स्कुल पठायौँ। समग्रमा यस्तो कार्यक्रम गरेकोमा चिजन प्यालेस स्कुल टिमलाई धन्यबाद दिन चाहन्छु’ भन्नुभयो।

आ–आफ्नो पहिरन भेषभुसा तथा गरगहनाले सजिएका बिद्यार्थीको उत्साहजनक प्रस्तुतीले सबै बिद्यार्थी मात्र दंग थिएनन् शिक्षक गण समेत एकटक भएर नियालीरहेका थिए। 

सधैँ केहि फरक गर्नुपर्छ र अवको सिकाईलाई फरक शैलिमा लानुपर्छ भन्ने सोच र लक्ष्य बोकेको चिजन प्यालेस स्कुलले आफ्नो कितावमा भएको पाठ्यक्रमलाई नै फरक ढंगले प्रस्तुत गर्दै सिकाईलाई सहज र समयसापेक्ष बनाएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो।

यस स्कुलले छोटो समयमा आफ्नो छुट्टै नाम तथा पहिचान बनाएको र स्कुलमा अध्ययनरत बिद्यार्थीका लागि प्रत्येक दिन प्रत्येक हप्ता केहि नयाँ दिन सकिन्छ र कसरी भनि सधैँ छलफल हुने हुँदा आँफुहरुले गर्ने त्यहि काम अरुको भन्दा अलि फरक तरिकाले गर्ने गरिएको हुनाले नै हाम्रा बिद्यार्थी फरक रहेको र उनिहरुको सिकाई फरक ढंगले भईरहेको महसुस गरिरहेको स्कुलकी कोअर्डिनेटर किरण दासले बताउनुभयो।

GROUP

कक्षा ५ मा अध्ययनरत युकेस श्रेष्ठका बुवा केदार श्रेष्ठले यस स्कुलमा बाद्यबादन (संगित) गायन, कराँते, खेलकुद, नृत्य उद्योषणलगायतका कक्षा ५सम्मका बिद्यार्थीका लागि बृद्दिबिकासमा चाहिने सबै सुबिधा त यस स्कुलमा रहेको र  स्कुलले अवलम्बन गरेको पढाउने तरिका साँच्चिकै फरक रहेको बताउनुभयो। उहाँले इटहरी क्षेत्रमा प्ले ग्रुपदेखि कक्षा ५सम्म गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फि बिकासका लागि यस स्कुलमा आफ्नो छोरो पढाउँदा वा पढाउन पाएकोमा आँफुलाई गर्व लागेको बताउनुभयो।

श्रेष्ठले हाल मात्र हैन स्कुलले कहिले एजुकेशनल एक्स्पो गर्ने, कहिले के गर्ने तर जे गर्छ बालबालिकालाई बुझाउने गरि फरकशैलिमा गर्ने गरेको भन्दै हाल गरेको कार्यक्रम पनि नयाँ र समय सापेक्ष रहेको बताउनुभयो।

UUDHENRSSSTTU

(भाषा भेषभुषा सँस्कृति तथा धर्मका बारेमा जानकारी दिन गरिएको स्कुलको कार्यक्रम उदाहरणीय र अनुकरणीय ठानेका छौँ–सम्पादक)