इटहरी / सहकारीमा प्रविधीको प्रयोगमा जोड दिदै आएको अक्स्पान माइक्रोसिस प्रालीले सफ्टवेयर एवम प्रविधी विषयक तालिमलाई निरन्तरता दिदै आएको छ । १८ वर्षदेखी सहकारीमा सफ्टवेयर उपलब्ध गराउदै आएको संस्थाले सफ्टवेयर एवम प्रविधी विषयको १ दिवशिय तालिम इटहरीमा सम्पन्न गरेको हो ।

क्यासलेस सहकारीमा जोड दिदै संस्थाले प्रविधीको प्रयोगबारे जानकारीको अभावमा सहज सेवा उपलब्ध गराउन असमर्थ वित्तिय संस्थाको सेवा प्रवाह सहज बनाउने हेतुले तालिम आयोजना गरेको हो । फरक लक्ष्य बोकेका सहकारीका लागी उपयोगी सफ्ट्वेयर निर्माण गरि त्यसको प्रयोग विधीबारे पनी संस्थाले अवगत गराउदै आएको छ । १५०० भन्दा बढी सहकारीमा आफ्ना सफ्ट्वेयरलाइ पुर्याइसकेको संस्थाका सचिव सन्तोष काफ्लेको भनाइ छ ।

उहाँका अनुसार सहकारीको वित्तिय व्यवस्थापनका लागि आवश्यक सफ्टवेयर प्रदान गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा उपलब्ध सफ्ट्वेयरमा सुधार गरेर परिस्थिती र आवश्यकता सुहाउदो सफ्ट्वेयरलाइ सदस्यमाझ पुर्याउने लक्ष्य अनुरुप नै कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न स्थानमा यसै प्रकारका कर्यक्रम राखेर सदस्यहरुलाइ जानकारी गराइएको हुदा त्यसको माध्यमबाट राज्यका नीति नियममा आएको परिवर्तन अनुकुल परिमार्जन गरिएका सफ्टवेयरलाई सहकारीहरुमा प्रोयोग गर्दा सहज रुपमा सेवा प्रवाह भैरहेको संस्थाकाे दावी छ । बेन्कोस,कोपोमिस जस्ता प्रविधीका नविन प्रयोग मार्फत संस्थाकाे निश्चित लक्ष्य पूरा गर्न सहज हुने र सेवाको पारदर्शीता, प्रभावकारीता स्थापित गर्ने सहयोग पुग्ने अनुमान गरिएको छ ।

तालिममा सहभागीहरुका जिज्ञासा,अनुभव र धारणा अनुसार सम्बन्धित संस्थाकाे माग र आवश्यकता पुर्ती गर्ने  सफ्टवेयरको प्रयोगबारे पनि जानकारपनीराइएको थियो । थप परीस्कृत सेवा अन्तरगत कोपोमिसको प्रतिवेदन दिने सुविधा,जि ओ ए एम एल प्रतिवेदन दिने सुविधा,सदस्यको आवश्यक कागजात,अन्तर साखा कारोवार लगायतमा उपलब्ध सफ्ट्वेयरले सहजिकरण गर्ने छ ।

सहज र ट्रुटीहिन वित्तिय सङ्कलन,क्यु आर कोड सुइकार गर्ने वचत तथा अन्य कारोवारको सङ्कलन एप बाट गर्न मिल्ने सुविधा रहेको सो अवसरमा जानकारी गराइयो। बिगुटार आइटी सोलुसन,जिल्ल सहकारी सङ्घ सुनसरी र धरान नगर सहकारी समन्यव समितीको संयुक्त आयोजना रहेको कार्यक्रम सेवाग्राहीले घरबाटै सहकारीको सेवा लिने किसिमको प्रविधीको प्रयोगमा केन्द्रीत थियो ।

- सुरेश बस्नेत