इटहरी/ अनेरास्वबियुले जनता बहुमुखी क्याम्पस कमिटिले क्याम्पस प्रमुखको राजिनामा माग गरेको छ। सोमबार साँझ बिज्ञप्ती जारी गर्दै अनेरास्वबियु क्याम्पस कमिटिले यस्तो माग गरेको हो।

अनेरास्वबियुले बिवादित कर्मचारी नियुक्ति प्रक्रियामा कानुन तथा विधान मिच्ने विषयमा क्याम्पस प्रशासन प्रमुख मुकदर्शक भएको भन्दै क्याम्पस प्रमुखको क्षमता माथि प्रश्न उठेकोले राजिनामा माग गरेको हो।

प्रशासनले मंसिर ५ गते प्रकाशित गरेको विवादित कर्मचारीहरुको नियुक्ति प्रक्रियाको नतिजालाई रद्द गरी नयाँ प्रक्रिया शुरु गरी निश्पक्ष ढंगबाट आवश्यक कर्मचारी छनौट गर्न माग पनि गरेको छ।

यस्तै बिज्ञप्तीमा जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको पदाधिकारी गठन प्रक्रिया क्याम्पसको विधानको दफा ११ को विपरीत रहेको र मनोनित सदस्यहरुलाई चुन्ने र चुनिने अधिकारबाट बञ्चीत गराइएकोले सो प्रक्रिया खारेजी गरी विधान अनुरुप गठन गर्न माग गरेको छ।

bidhan

यसैगरी क्याम्पसमा कक्षा सञ्चालन भएको नभएको दैनिकरुपमा अनुगमन गर्नूपर्ने, क्याम्पसले बिरामी विद्यार्थीहरुको प्राथमिक उपचारकालागि राखिएको कक्षलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नुपर्ने, क्याम्पसले गर्ने साप्ताहीक खेलकुद धेरैभन्दा धेरै खेल समावेश गरी चाँडै सञ्चालन गर्नुपर्ने, क्याम्पसको सभाहलमा व्यवस्थीत रुपमा साउण्ड सिष्टमको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

one

यस्तै बिज्ञप्तीमा क्याम्पसमा भएको बास्केट बल र भलिवलको खेलमैदान व्यवस्थित गर्नुपर्ने, क्रिकेट अभ्यास गर्न जालीसहितको खेल मैदान बनाउनुपर्ने, क्याम्पसले आफ्नो सम्पूर्ण जग्गा पहिचान गरी व्यवस्थित रुपले घेराबारा गर्नुपर्ने, बिद्यार्थीले यातायातमा भोगीरहेको समस्या पहिचान गरी तत्काल समाधान गर्नुपर्ने, बिद्यार्थीलाई प्रत्येक तलामा व्यवस्थित तवरले खानेपानी व्यवस्था मिलाउनुपर्ने माग छ।

बिज्ञप्तीमा लामो समय देखि अनेरास्ववियुलगायत क्याम्पसमा अस्थित्वमा रहेका अन्य विद्यार्थी संगठनहरुले क्याम्पसमा भएको अवैधानिक कर्मचारी नियुक्ति प्रक्रियाको खारेजीको माग गर्दै आन्दोलन गरेको र कर्मचारी नियुक्ति प्रक्रिया स्थगित भई सम्पूर्ण कागजातहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको विषय सबैमा जगजाहेरै रहेको मा मिति २०८०/८/ ५ गते स्थगित गरिएको परिक्षाको नतिजा आन्दोलनरत पक्षहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रको बारेमा समेत जानकारी नगराई सार्वजनिक गरिएको हुँदा यस विषयमा गम्भिर असहमती जाहेर गर्दै अन्य क्याम्पसका विषयहरुमा समेत क्याम्पस प्रशासन समक्ष माथि उल्लेखित मागहरु राखिएको उल्लेख छ।

बिज्ञप्तीमा क्याम्पस प्रशासनले मागहरुलाई वेवास्ता गरी अगाडी बढ्न खोजेमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार हुने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतीको जिम्मेवारी क्याम्पस प्रशासन स्वयं हुने चेतावनी दिईएको छ।