बिराटनगर/ पूर्वाञ्चल बिश्वबिद्यालय ब्यवस्थापन संकायको डिनमा नियुक्त हुनुभएका डा.सन्देशदास श्रेष्ठले पदभारग्रहण गर्नुभएको छ। डा.श्रेष्ठले बुधबार पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि डा.श्रेष्ठले पूर्वाञ्चल बिश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता व्यक्त गर्दै बिश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा बिश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष पाठ्यक्रमको बिकास गरिने बताउनुभयो। 

गत शुक्रबार डिनमा नियुक्त हुनुभएका सहप्राध्यापक डा.श्रेष्ठलाई उपकुलपति प्रा.डा.यादवराज कोइरालाले बुधबार(आज) पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। 

नवनियुक्त डा.श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७औं डिन हुनुहुन्छ र उहाँको कार्यकाल ४बर्षको रहेको छ। २०६१ सालदेखि पूर्वाञ्चल बिश्वविद्यालयमा प्राध्यापन गराउँदै आउनु भएका डा.श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा बिद्यावारिधी गर्नुभएको छ।