इटहरी/ सुनसरीको इटहरी ९ स्थित नरबहादुर कर्माचार्य बहुप्रबिधिक शिक्षालय इटहरीमा प्रि-डिप्लोमा इन होटल मेनेजमेन्ट कार्यक्रमको लागि ज्ष्चभबलबउउचभलतष्अभ कार्यक्रम गरिएको छ।

होटल/उद्योग, प्राबिधिक शिक्षालय र आवेदकहरुलाई एकै स्थानमा समन्वय गराउने उदेश्यले कोसी प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोस्रो) अन्तरगत कार्यक्रम गरिएको हो।

यस कार्यक्रमको मुख उदेश्य इन्ट्रान्स परिक्षामा जम्मा ज्ञण्ण् पुणांक मध्ये २० नम्बर सम्बन्धित उद्योगहरुले सिफारिस गरेको खण्डमा मात्र सो २०नम्बर सुनिश्चित हुने भएकोले सो प्रक्रियालाई सहज बनाउन नरबहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरीले Hireanapprentice कार्यक्रम गरेको शिक्षालयका अध्यक्ष एकचन्द्र(निर्मल) बरालले बताउनुभयो।

समग्र इन्स्योर परियोजनाको बारेमा घनश्याम लिम्बुले परियोजनाको तर्फबाट प्रस्तुतीकरण गर्नुभयो।

कार्यक्रममा होटलहरुको तर्फबाट बासुदेब बरालले होटलहरुलाई चाहिने दक्ष जनशक्ति आफै तयार गर्ने भूमिकासहितको कार्यक्रम भएकोले यो कार्यक्रम एकदम राम्रो रहेको बताउनुभयो। उहाँले कार्यक्रम पछि जागिरको कुनै समस्या नरहेको बताउनुभयो।